नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कृष्णसार संरक्षण क्षेत्र कार्यालय

खैरापुर, बर्दिया

परिचय

यस कृष्णसार संरक्षण क्षेत्र वरिपरीका स्थानीय बासिन्दाहरुलाई समेत कृष्णसार संरक्षणमा सहभागी गराउन पूर्व प्रस्तावित कृष्णसार संरक्षण क्षेत्रको अतिरिक्त नजिकको बस्तीसमेत समावेश गरेर संरक्षण क्षेत्र घोषणा गराउन स्थानीय समिति, जिल्लास्थित सरकारी निकाय तथा गैर सरकारी संघ संस्था र राजनीतिक दलसमेतको सहयोग र समन्वयमा बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयबाट २०६२ सालमा पेश गरिएको “कृष्णसार संरक्षण क्षेत्र” घोषणासम्बन्धी प्रस्तावलाई कृष्णसारको संरक्षण कार्य दिगो र प्रभावकारी बनाउन नेपाल सरकारबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३ र संरक्षण क्षेत्र सरकारी व्यवस्थापन नियमावली, २०५७ अनुसार गुलरिया नगरपालिकाको तत्कालीन वडा नं. २, ३, ४ र ५ (हाल १, २, ३, र ४) को १६९५ हेक्टर अर्थात १६.९५ वर्ग कि.मि. क्षेत्रफल र २०.४ कि.मि. परिमिति भएको भू–भागलाई २०६५।१२।३ गते राजपत्रमा सूचना प्रकाशन गरेर “कृष्णसार संरक्षण क्षेत्र” घोषणा भयो ।
कृष्णसार संरक्षण क्षेत्र घोषणा भईसकेपछि संरक्षण क्षेत्र सरकारी व्यवस्थापन नियमावली २०५७ बमोजिम पहिलोपटक मिति २०६७।०५।०९ गते श्री टंक प्रसाद अधिकारी ज्यू को अध्यक्षतामा कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन परिषदको गठन र मिति २०६७।०५।१० गते कृष्णसार संरक्ष्ण क्षेत्र कार्यालयको स्थापना भई परिषद अन्तर्गतका कृष्णसार उपभोक्ता समिति र कृष्णसार उपभोक्ता समुह समेतको सहभागितामा कृष्णसारको संरक्षण र व्यवस्थापनका कार्यहरु हुदै आएका छन् । प्रथम पटक गठित परिषदको ५(पांच) बर्षे कार्यकाल पुरा भए पश्चात् २०७३ जेष्ठमा दोस्रो कार्यकालका लागि श्री कृष्ण प्रसाद खनाल ज्यू को अध्यक्षतामा परिषद पुनर्गठन भई कृष्णसार संरक्षण क्षेत्रको व्यवस्थापनमा सहयोग पुगेको छ ।

 

वि.सं.२००७ पूर्वबाँके, बर्दिया र कञ्चपुरमा कृष्णसारकोे संख्यामा राम्रो ।
वि.सं.२०३०-०३१ तिर नेपालबाट कृष्णसार लोप भएको अनुमान ।
२०३२/५/२०तत्कालीन वार्डेन श्री कृष्णमान श्रेष्ठ, अनुसन्धानकर्ता डा. एरिक डाइन्स्टरिन र गेमस्काउट श्री गगन सिंह चुनाराको टोलीले खैरापुर क्षेत्रमा कृष्णसार फेला ।
२०३२/६/१३वन विभागले बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय र जिल्ला वन कार्यालय, बर्दियालाई खैरापुरमा कृष्णसार संरक्षणको लागि सुरक्षा पोष्ट राख्नको लागि रेडियो सन्देश ।
२०३२/६/१६कृष्णसारको संरक्षणको लागि खैरापुर क्षेत्रमा सुरक्षा पोष्ट खडा ।
कृष्णसारले बालीनालीको क्षति गरे वापत आसपासका १० घर धुरीलाई रु.१००।– प्रति महीनाको दरले राहत रकम उपलब्ध गराउने कामको शुरुवात ।
राहत रकम पाईने आशामा विस्तारै उक्त क्षेत्रमा अतिक्रमणको शुरुवात ।
२०३४सदर चिडियाखाना, काठमाण्डौबाट कृष्णसारको स्थानान्तरण गर्नको लागि प्रस्ताव तयार ।
२०३४-०३६सदर चिडियाखाना, काठमाण्डौबाट बर्दिया राष्ट्रिय निकुञ्जकोे बघौराफाँटामा १६ वटा कृष्णसारको स्थानान्तरण ।
२०४२/१/१४ - २०४५/२/१खैरापुरबाट ४ ओटा कृष्णसार बघौराफाँटामा स्थानान्तरण ।
२०४५राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट “कृष्णसार संरक्षण योजना” विषयक प्रस्ताव तयार ।
२०४५ चैत्रबघौराफाँटा १७ ओटा कृष्णसार फेला ।
२०४६कृष्णसारको बासस्थानमा अतिक्रमण तीव्र भयो ।
२०४६ असोजकुनै पनि कृष्णसार बघौराफाँटामा फेला नपरेको ।
२०४९/८/२०सदर चिडियाखाना काठमाण्डौबाट बर्दिया राष्ट्रिय निकुञ्जकोे बघौराफाँटामा २६ वटा कृष्णसार स्थानान्तरण गरियो ।
२०५०वर्षाद सिजनपछि कुनै कृष्णसार बघौराफाँटामा नदेखिएको ।
२०५०/१०/१२कृष्णसार वासस्थानका लागि नम्बरी जग्गा अधिग्रहण गर्ने निर्णय ।
२०५१ - ०५३मुवाब्जा दिई नम्बरी जग्गा अधिग्रहण ।
२०५८“नेपालमा कृष्णसार संरक्षण” सम्बन्धी प्रस्ताव तयार ।
२०५९/५/२०कृष्णसार संरक्षण स्थानीय समिति गठन ।
२०६१ - ०६२कृष्णसारको बासस्थानमा अतिक्रमण तीव्ररुपमा ।
२०६३ चैत्र“कृष्णसार संरक्षण कार्य योजना” तयारी ।
२०६५/१२/३कृष्णसार संरक्षण क्षेत्र घोषणा ।
२०६७/५/९कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन परिषदको गठन ।
२०६७/५/१०कृष्णसार संरक्षण क्षेत्र कार्यालयको स्थापना ।
२०७१/४/२९कृष्णसार बासस्थान क्षेत्रमा बबई नदीको बाढी प्रवेश, ४० कृष्णसार क्षति ।